शुक्रबार, वैशाख २८, २०८१

२३ सांसदको बलमा यसरी निर्णायक बने नेता नेपाल

नेता नेपाल पनि आफूले पार्टीभित्र विद्रोह गरेरै संविधान र संसद् जोगाउन सक्रिय रहेको दाबी गर्दै आएका छन्। त्यसैले त उनी आफ्नै दलका अध्यक्ष ओलीलाई किनारा लगाउँदै कांग्रेस, माओवादी केन्द्र र विप्लवसँग नजिकिएका छन्।
 |  बिहीबार, असार ३१, २०७८

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, असार ३१, २०७८

काठमाडौं– मंगलबार प्रधानमन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेर भेट गरे। बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेता नेपाललाई भेट्न उनकै निवासमा पुगे। प्रधानमन्त्री देउवाले नेपाललाई सरकारमा सहभागी हुन र विश्वासको मत दिन भूमिका खेल्न आग्रह गरेका थिए भने दाहाल र विप्लवले नेता नेपालसँग बृहत् कम्युनिस्ट एकता निर्माणका लागि प्रस्ताव गरेका थिए। 

triton college

माधव नेपालको दल एमाले सत्ताबाट बाहिरिएको छ। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको घोषणा गरिसकेका छन्। तर नेता नेपाल यति बेला नेपाली राजनीतिको केन्द्रमा देखिएका छन्। २७५ सदस्यीय संघीय प्रतिनिधिसभामा नेता नेपाल २३ सांसदको बलमा कसरी राजनीतिको केन्द्रमा पुगे त? 

यसको एउटै उत्तर छ– राजनीतिक परिस्थितिले निम्तिएको परिणाम। संविधान र संसद् जोगाउन  खेलेको भूमिकाकै कारण नेता नेपाल राजनीतिको केन्द्रमा रहेको बुझाइ कतिपयको छ। त्यसो त नेता नेपाल पनि आफूले पार्टीभित्र विद्रोह गरेरै संविधान र संसद् जोगाउन सक्रिय रहेको दाबी गर्दै आएका छन्। त्यसैले त उनी आफ्नै दलका अध्यक्ष ओलीलाई किनारा लगाउँदै कांग्रेस, माओवादी केन्द्र र विप्लवसँग नजिकिएका छन्।

नेता नेपालकै कारण ओली सरकार ढलेको छ। सत्ताबाट बाहिरिनुका पछाडि ओलीले पार्टीभित्रकै माधव नेपाल पक्षलाई दोषारोपण गरिरहेका छन्। त्यसैले त बुधबार बालकोटको बरन्डाबाट ओलीले घोषणा गरे, माधव नेपाललाई अब एमालेमा स्थान छैन। 

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भएदेखि नेता नेपाल दाहालसँग नजिक थिए। तत्कालीन नेकपाभित्रको बढेको अन्तद्र्वन्द्वका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल झन् नजिक भए। उनीहरूले ओलीको विरुद्धमा सडक आन्दोलन नै चर्काए। 

corrent noodles
Metro Mart

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काउने निर्णय गरेपछि दाहाल र नेपाल अलग भए पनि राजनीतिक रूपमा उनीहरुको सहकार्य जारी छ। ओलीले नेता नेपालमाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरे। तर नेता नेपाल एमालेकै केन्द्रमा छन्। उनकै कारण ओली सरकार ढलेको छ। सत्ताबाट बाहिरिनुका पछाडि ओलीले पार्टीभित्रकै माधव नेपाल पक्षलाई दोषारोपण गरिरहेका छन्। त्यसैले त बुधबार बालकोटको बरन्डाबाट ओलीले घोषणा गरे, माधव नेपाललाई अब एमालेमा स्थान छैन। 

संविधानको धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग दाबीसहित सर्वोच्च अदालतमा दायर रिटमा नेपालसहित एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए। रिट देउवाका पक्षमा आएपछि नेपालसँग अहिले तिनै २३ सांसदको बल छ। 

अब प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउन पनि माधव नेपालकै सहयोग आवश्यक पर्नेछ। दाहाल र विप्लवले भनेजस्तो बृहत् कम्युनिस्ट एकता निर्माणमा नेपालको भूमिका बिना सम्भव छैन।

वाम विश्लेषक श्याम श्रेष्ठ माधव नेपालको योग्यता र क्षमताले भन्दा पनि परिस्थितिले उनलाई राजनीतिको केन्द्रमा ल्याएको टिप्पणी गर्छन्। ‘जसले महत्त्वपूर्ण निर्णय गर्न सक्यो ऊ नै केन्द्रमा हुने हो, गलत गर्ने नेता केन्द्रमा पुग्दैन,’ उनी भन्छन्, ‘यसअघि ओली राजनीतिको केन्द्रमा थिए अहिले घुम्न छाडेर अन्यत्र गयो।’

‘सुरुमा माधव नेपाल राजी थिएनन्, उनलाई दाहालले तयार पारेका हुन्,’ श्रेष्ठ भन्छन्, ‘देउवाले त अदालतको फैसला हेरौं भनेर कुरेको अवस्था थियो। उनलाई तयार पार्न दाहाल र नेपालको भूमिका रह्यो।’

राजनीतिको केन्द्रमा अहिले देउवासहित माधव नेपाल र दाहाल रहेको उनी बताउँछन्। ‘अहिलेको राजनीतिक परिस्थिति ल्याउन पहल गर्ने नेपाल र दाहाल नै हुन्’, श्रेष्ठ भन्छन्, ‘यिनीहरूले अहिले राजनीति आफ्नो मुठीमा राखेका छन्।’ तर उनीहरूले चाहेर भन्दा पनि राजनीतिक घटनाक्रमका कारण उनीहरुको केन्द्रमा रहेको बुझाइ विश्लेषक श्रेष्ठको छ। 

‘२३ जना सांसदको संख्या धेरै कम हो तर, परिस्थितिले त्यही संख्या निर्णायक भइदियो,’ उनले भने,‘त्यसले गर्दा नै अहिले माधव नेपाल केन्द्रमा देखिएका हुन्।’ जनता समाजवादी पार्टी एकढिक्का भएमा फेरि राजनीतिको केन्द्रमा आउन सक्ने सम्भावना रहेको उनी बताउँछन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जसपालाई एक ठाउँमा ल्याउन सक्ने विश्वास व्यक्त गरे। 

‘सुरुमा माधव नेपाल राजी थिएनन्, उनलाई दाहालले तयार पारेका हुन्,’ श्रेष्ठ भन्छन्, ‘देउवाले त अदालतको फैसला हेरौं भनेर कुरेको अवस्था थियो। उनलाई तयार पार्न दाहाल र नेपालको भूमिका रह्यो।’

प्रकाशित: Jul 15, 2021| 08:12 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।