बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानले भन्यो- पुरुषले दाह्री नकाट्नू, महिला एक्लै बजार नजानू

तालिबानले भन्यो- पुरुषले दाह्री नकाट्नू, महिला एक्लै बजार नजानू

पछिल्लो समय अफगानस्तान तालिबानको नियन्त्रणमा फस्दै गएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काबुल- पछिल्लो समय अफगािनस्तान तालिबानको नियन्त्रणमा फस्दै गएको छ। अफगानिस्तानबाट गत महिना अमेरिकी सेना फिर्ता भएपछि तालिबान समूहले गतिविधि थप सक्रिय बनाएकाे छ। तालिबान आतंककारी समूहले आफूले कब्जा गरेका स्थानमा विभिन्न क्षेत्रका कडाइ गर्न थालेकाे छ।

National life

पछिल्लो पटक तालिबानले महिलालाई पुरुष बिना बजार नजान निर्देशन दिएको छ भने पुरुषलाई दाह्री नकाट्न उर्दी जारी गरेको छ। तालिबानले महिलालाई स्कुल जान नपाइने पनि चेतावनी दिएको छ। आफूले कब्जा गरेका क्षेत्रका सर्वसाधारणलाई तालिबानले धूमपान नगर्नसमेत चेतावनी दिएको छ।

कसैले धूमपान सेवन तथा विना पुरुष महिला बजार गएमा र पुरुषले दाह्री काटेमा कडा कारबाही गरिने चेतावनी दिएको छ। तालिबानले कब्जा गरेका ठाउँमा इस्लामिक कठोर नीति लागू गर्न खोजिरहेको छ। अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म तालिबानले शासन गरेका थिए।

इस्लामिक कानुन सबैभन्दा कठोर मानिन्छ र यसको पालना नगर्नेलाई कडाभन्दा कडा सजायसमेत दिइने गरिएको छ। तालिबानले शासनसत्ता हातमा लिएपछि अफगान महिलालाई घरभित्र बन्देज बनाइएको थियो भने स्कुल जान रोक लगाइएको थियो। 

यति मात्रै होइन, तालिबानले अफगानिस्तानलाई आफनी छोरीहरुको बिहे तालिबानसँग गराउनसमेत आदेश दिएको छ। तालिबानले सूचना जारी गर्दै १५ वर्षभन्दा माथि र ४५ वर्षभन्दा मुनिका विधवाको विवाह तालिबानसँग गराउन आदेश दिएको छ।

Laxmi sunrise bank
kumari

तालिबानको अत्याचार बढ्दै गएपछि अफगानी सर्वसाधारण थप त्रसित बनेका छन्। 

 

प्रकाशित: Jul 15, 2021| 05:36 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।