शनिबार, असोज १७, २०८३

भुवनहरिको 'बहत्तर वसन्त' बजारमा

साहित्यकार भुवनहरि सिग्देलको नवीनतम कृति 'बहत्तर वसन्त' बजारमा आएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- साहित्यकार भुवनहरि सिग्देलको नवीनतम कृति 'बहत्तर वसन्त' बजारमा आएको छ।

भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका थिए। लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिएका थिए।

गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको 'बहत्तर वसन्त' छत्तीसौं कृति हो। शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उनको मौलिक क्षमता हो।

सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीय स्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ।

छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले 'बहत्तर वसन्त' पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने कुरा प्रकाशक पुष्पराज पौडेलले बताएका छन्।

शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् र यसको मूल्य २०१ तोकिएको छ।

प्रकाशित: Jul 15, 2021| 04:14 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।