शनिबार, वैशाख २७, २०८२

बसपार्कमा ताला, अलमलमा यात्रु

महानगरले अहिले 'पिक एन्ड ड्रप' प्रणाली लागू गरेको छ। यो प्रणालीका कारण यात्रुहरू मात्र होइन, चालकसमेत सास्ती खेप्न बाध्य छन्। पिक एन्ड ड्रप प्रणालीमा यात्रुलाई ओराल्न र चढाउन मात्र पाइन्छ। सवारी साधन रोकेर यात्रु पर्खन पाइन्न।  
 |  बिहीबार, असार ३१, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, असार ३१, २०७८

vianetvianet

काठमाडौं- आइतबार दिउँसो खुलामञ्चमा अस्थायी रूपमा बनाइएको बसपार्क अघि भेटिए काभ्रेका लोपबहादुर तामाङ। उनी धुलिखेल जाने बस खोज्दै रत्नपार्क शान्तिवाटिका क्षेत्रमा पुगेका थिए। खुलामञ्चस्थित अस्थायी बसपार्कको गेटमा ताला लागेको देखेपछि उनी शान्तिवाटिका पुगेका थिए।

triton college

पानी परिरहेको समय भएकाले तामाङलाई सकस थपिएको थियो। 'धुलिखेल जाने गाडी कता लाग्छ?,' उनले बसपार्क छेउ भेटिएका एक युवालाई सोध्दै थिए। 'धुलिखेल जाने बस आउँछन् जान्छन्। रोक्दैनन्। डेढ घण्टादेखि धुलिखेल जाने खोजेको खोज्यै छु,' उनले गुनासो गरे, 'अब गाडी चढ्न कहाँ पुग्ने?' बस खोज्दाखोज्दै थाकेका उनले आफूहरूजस्ता सर्वसाधरणलाई दुःख दिने काम मात्र गरिएको भन्दै आक्रोश पोखे। 

लोपबहादुर तामाङ।

तीन महिनाअघिसम्म टिकट काटेर खुलामञ्चको बसपार्कबाट गाडी चढ्थे काभ्रेकै ५७ वर्षीय श्याम श्रेष्ठ। उनी यसपटक पनि खुलामञ्चबाट टिकट काटेर पनौती जाने योजना बनाएर बसपार्क पुगेका थिए। तर, उनले पनि त्यहाँ बस भेटेनन्। बरु बसपार्क छिर्ने गेटमा ताला भेटे। यसपछि अलमलमा परेका उनी अघिल्तिरबाट हिँड्ने बटुवाहरूलाई 'पनौती जाने बस कहाँबाट लाग्छ' भनेर सोधिखोजी गरिरहेका थिए। बसपार्क हटेको पत्तो नपाएका उनी आक्रोशित थिए। 

श्याम श्रेष्ठ। 

दक्षिणकाली जाने बस कुरेर बसेका काजिमान लामा पनि खुलामञ्च बन्द भएका कारण अलमलमा परेका थिए। बसपार्क क्षेत्रमा कुनै सूचनासमेत नटासिएकाले आफू अन्योलमा परेको उनले सुनाए। 'कहाँबाट बस लाग्छ भन्ने पनि थाहा छैन। टुँडिखेल फन्को मार्दासमेत बस भेट्टाउन सकिनँ। हैन यी बस रोक्छन् चै कहाँ? यात्रु ओराल्छन् कहाँबाट, चढाउँछन् कहाँबाट? कि घुम्छन् मात्रै?'

000

National life insurance

रत्नपार्क क्षेत्रमा बस नेभेटेर अलमलमा परेका उनीहरू प्रतिनिधि यात्रु मात्र हुन्। गन्तव्यको बस नपाएका उनीहरूको अनुहारमा थकान र आक्रोश देख्न सकिन्थ्यो।  

खुलामञ्चमा रहेको बसपार्क बन्द हुनुअघि ६ सय सवारी साधन त्यहीँबाट छुट्थे। यात्रु खुलामञ्चमा झर्न पाउँथे। त्यहीँबाट चढ्थे। उपत्यका र आसपासका गन्तव्यमा जाने छोटो र मध्यम दुरीका सवारी साधन भेट्टाउन अहिलेजस्तो सास्ती थिएन। तर अहिले कुनै पनि सार्वजनिक सवारी साधनको बिसौनी छैन। 

टुँडीखेल, खुलामञ्च क्षेत्र फन्को लगाएर गन्तव्यतर्फ लाग्छन् सवारी साधनहरू अहिले। केही सहिदगेटमा, केही खुलामञ्च नजिकै, केही काठमाडौं महल र केही सार्वजनिक सवारी ‍पर्यटन बोर्ड नजिकैबाट यात्रु चढाउने गरेका छन्।

टुँडीखेल, खुलामञ्च क्षेत्र फन्को लगाएर गन्तव्यतर्फ लाग्छन् सवारी साधनहरू अहिले। केही सहिदगेटमा, केही खुलामञ्च नजिकै, केही काठमाडौं महल र केही सार्वजनिक सवारी ‍पर्यटन बोर्ड नजिकैबाट यात्रु चढाउने गरेका छन्। तर, कुन स्थान जाने सवारी साधनले कहाँबाट यात्रु चढाउँछन् भन्ने कुरा चालक र सहचालकबाहेक अरूलाई जानकारी छैन। यसले सर्वसाधारणलाई अलमलमा मात्र पारेको छैन, उनीहरूपमा सास्ती, थकान र आक्रोश भरेको  छ। 

000

महानगरले अहिले 'पिक एन्ड ड्रप' प्रणाली लागू गरेको छ। यो प्रणालीका कारण यात्रुहरू मात्र होइन, चालकसमेत सास्ती खेप्न बाध्य छन्। पिक एन्ड ड्रप प्रणालीमा यात्रुलाई ओराल्न र चढाउन मात्र पाइन्छ। सवारी साधन रोकेर यात्रु पर्खन पाइन्न। 

''पिक एन्ड ड्रप'का कारण खाजा खान त परको कुरा शौचालयसमेत जान पाइँदैन। बस छाडेर यताउति हिँड्नै पाइँदैन,' पनौतीबाट रत्नपार्कसम्मको बस चलाउने रामेछापका पहलबहादुर तामाङले गुनासो पोखे, 'राजधानीजस्तो सहरमा बसपार्क बिनै बस चलाउनु लाजमर्दो हो। खाजा खान पाइँदैन। टाढादेखि कुदाएर बस ल्यायो थकाइसमेत मार्न पाइदैन,' उनले भने ।

कसरी चलिरहेको छ सार्वजनिक सवारी? 

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक यातायात चलाउन पाइने भएपछि काठमाडौं महानगरमा सार्वजनिक यातायातका साधनलाई दुई तरिकाबाट व्यवस्थापन गरिएको छ। मध्यम दुरीका सार्वजनिक यातायात टिकट काउन्टर राखेर गोङ्गबु बसपार्कबाट सञ्चालन हुँदैछन्। छोटो दुरीका सवारीलाई पिक एण्ड ड्रप प्रणाली लागू गरिएको हो। उपत्यका भित्र र आसपासका गन्तव्य पुग्ने अधिकांश सवारी पिक एण्ड ड्रप प्रणालीमा चलेका छन्। 

बिना तयारी खुलामञ्चबाट बसपार्क हटाएको काठमाडौं महानगरपालिकाले तत्कालका लागि बसपार्क राख्ने ‍योजना बनाएको छैन। बसपार्कमा निर्माणाधीन भ्युटावर नबनेसम्म 'पिक एन्ड ड्रप' प्रणाली लागू गरिरहने योजनामा छ। 

'खुलामञ्चलाई खुला गर्नु थियो। त्यो गरियो । तर, बसपार्क कहाँ राख्ने भन्ने कुनै योजना बनिसकेको छैन,' उपमेयर हरिप्रभा खड्गीले भनिन्, 'बसपार्क त चाहिने हो। तर, यसमा मेयरसापले चासो देखाउनु भएको छैन। काठमाडौं भ्युटावर पनि तत्काल बनिसकिहाल्ने छाँट छैन।' उनका अनुसार बसपार्कका लागि अरु विकल्पको खोजी भएको छैन। 

000

पाँच वर्ष खुलामञ्चलाई बसपार्कको रुपमा प्रयोग गर्ने र पुरानो बसपार्क भएको स्थानमा पाँच वर्षमा भ्युटावर बनेपछि त्यसकै अन्डरग्राउन्डलाई बसपार्क बनाउँने योजनामा महानगर थियो। तर, पाँच वर्षमा भ्युटावरको काम ४० प्रतिशत पनि सकिएको छैन। यो बन्न अझै कति समय लाग्छ त्यसको कुनै एकिन छैन। यो अन्योलकै बीच खुलामञ्चबाट बसपार्क हटाएपछि यात्रु र सवारी चालक सास्ती खेप्न बाध्य भएका छन्।

पुरानो बसपार्कमा क्षेत्रमा भ्युटावर बनाउने तयारी गरिएपछि सार्वजनिक यातायातमा भर पर्ने यात्रुका लागि सास्ती सुरु भएको हो।

पुरानो बसपार्कमा क्षेत्रमा भ्युटावर बनाउने तयारी गरिएपछि सार्वजनिक यातायातमा भर पर्ने यात्रुका लागि सास्ती सुरु भएको हो। पुरानो बसपार्क हटाएर २०७५ कात्तिकबाट खुलामञ्चमा बसपार्क सारिएको थियो। यसमा अभ्यस्त हुनका लागि पाको उमेरका मानिसलाई केही समय सास्ती भएको थियो। 

वि.सं. २०७२ मा महानगरले पुरानो बसपार्क क्षेत्रमा भ्युटावर बनाउने योजना ल्यायो। थियो। २०७२ कात्तिक २५ गते  उपराष्ट्रपति नन्दबहादुर पुनले पुरानो बसपार्क क्षेत्रमा भ्युटावर बनाउनका लागि शिलान्यास गरे। भ्युटावर बनाउने कामको ठेक्का पायो मनोज भेटवालको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले। भेटवालको कम्पनीले ५ वर्षभित्र भ्युटावर बनाइसक्ने सम्झौता गरेको थियो। तर म्याद थपिएको म्यादमा पनि भ्युटावर बनिसक्ने देखिन्न। भ्युटावर बनिसकेपछि त्यसकै सुरुका तल्लामा बसपार्क व्यवस्थापन गरिसक्ने बताइँदै आएको छ। पछिल्लो पटक थपिएको म्याद पनि असार मसान्तमा सकिँदैछ। तर अझै करिब आधा काम बाँकी भएको बताइएको छ।

भ्युटावर निर्माणको ठेक्का पाएको कम्पनीका सञ्चालक मनोज भेटवाल पटकपटक ठगी मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। बदमासीमा मुछिइरहने ठेकेदार भएकाले काम सक्न अझै कति समय लाग्छ अझै टुंगो छैन। भ्युटावर नबनेसम्म बसपार्क व्यवस्थापन नगरी चलाउने महानगरको योजना छ। खुलामञ्चको बसपार्कमा ताला लगाएपछि कुनै न कुनै स्थान व्यवस्थापन गर्नुपर्ने वा सबैले जानकारी पाउने गरी सूचना दिनु पर्ने भएपनि महानगरबासीको अधिकारबारे महानगर सचेत छैन। महानगरले २०७८ बैशाख १५ गतेबाट खुलामञ्चको अस्थायी बसपार्कमा ताला ठोकेपछि यात्रलाई सास्ती र अन्यौल भएको हो।

प्रकाशित: Jul 15, 2021| 00:35 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्