काठमाडौं- टि भि एस मोटर कम्पनीले एडिसन २.० नाममा नँया टि भि एस अपाचे आर टि आर २००.४ भि बजारमा ल्याएको छ।
मोटरसाइकललाई आकर्षक रुप दिनको लागि यसमा एन्टि रिभर्स र्टक्यू स्लिप्पर क्लच प्रविधि, रेसिङ इन्स्पाइर्ड ग्राफिक्स र अत्याधुनिक ‘एइरोडाइनामिक्स’ को लागि फ्लाई स्क्रिन लगाइएको छ । स्लिप्पर क्लच प्रविधि भएको यो पहिलो मोटरसाइकल हो।
कए आर टि ले माटरसाइकलको क्षमतालाई वढाउँछ, क्लच फोर्सलाई २२ प्रतिशत घटाउँछ जसले छिटो अपसिफ्ट गर्न सजिलो र लाप टाईम घटाउँछ।
यस प्रविधिले उच्चगति, चालकको सुरक्षा, न्युनतम दबाबमा तीब्र र सटिक गियर सिफ्ट गर्दछ । कार्यक्रममा वरिष्ठ उपाध्यक्षले भने ‘हामी पर्फमेन्स र उत्साहीहरुका लागि रेस मेशिन निर्माण गर्छौं।’
अरु भन्दा फरक रेसिङ मेसिन बनाउन यसमा रेसिङले प्रेरित डिजाइनहरु र आकर्षक फ्लाई स्त्रिन राखिएको छ। मोटर साइकलको मूल्य ३,२४,९०० रहेको छ भने जग्दम्बा मोटर्सबाट पाउन सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४