बुधबार, फागुन २७, २०८२

दक्षिण अफ्रिकामा हिंस्रक घटना, ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ। पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा गत बिहीबारदेखि सुरु भएको हिंसाकामा मारिनेको संख्या ४५ पुगेको हो।

National life

मारिनेमा १० जना लुटपाटमा संलग्नहरू रहेका बीबीसीले जनाएको छ। सोमबार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्।

तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित एक भवनबाट बच्चालाई फ्याँक्दै गरिएको दृश्य बीबीसीले कैद गरेको छ।

प्रहरीलाई सहयोग गर्नका लागि हाल त्यहाँ सेना परिचालन गरिएको छ। सहरका बिभिन्न शपिङ मलहरूमा लुटपाट हुन थालेपछी हालै परिचालन गरिएको सेना र प्रहरीले प्रदर्शनकारी र लुटेरा समुहमाथि गोली प्रहार गरेको बुझिएको छ।

घटनामा सय भन्दा बढी घाइते भएका छन्। प्रदर्शनकै क्रममा ८ सय जनालाई हिरासतमा लिइएको छ।

Laxmi sunrise bank
kumari

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले यस विरोध प्रदर्शनलाई १९९० यताकै सबै भन्दा हिंस्रक घटना भएको बताएका छन्।

भ्रष्टाचारको आरोप लागेपछि पूर्व राष्ट्रपति जुमालाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो। तर, आदलतको आदेश नमानेपछि उनलाई अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो। त्यसपछि जुमा आफैं प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका थिए। त्यस यता त्यहाँ हिंस्रक घटना घटिरहेका छन्।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो। बीबीसी हिन्दिबाट

प्रकाशित: Jul 14, 2021| 02:26 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।