सोमबार, असार २९, २०८३

छ जना नक्कली टुर गार्इड पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- टुर गार्इडका लागि नक्कली शिक्षिक प्रमाणपत्र बुझाएर लाइसेन्स लिएर काम गरिरहेका छ जनालार्इ नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेके छ । 

गैर कानुनी रुपमा कार्य गर्दै आइरहेका उनीहरुलार्इ प्रहरीको टोलीले बिहीबार काठमाडौं महानगरपालिकास्थित पर्यटन विभागको परिसरबाट पक्राउ गरेको हो । 

नेपाल सरकारको पर्यटक पथप्रर्दशक हुन स्नातक तह पास गर्नु पर्ने र विदेशी भाषामा पोख्त हुनुपर्ने कानुनी प्रावधान छ । तर, केही व्यक्तिहरुले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान ९एनएटीएचएम० बाट चाईनिज भाषाको पर्यटक पथप्रदर्शक अनुमतिपत्र लिई टुरिस्ट गाईडको रूपमा  कार्य गर्दै आएको विशेष सुचनाका आधारमा उनलार्इ पक्राउ गरिएको  प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने २६ वर्षीय अनिल महर्जन, काठमाडौं महानगरपालिका-१ जमलका ३५ वर्षीय रमेश महर्जन, ललितपुर महानगरपालिका-७ सुन्धारा बस्ने राजिब महर्जन, ललितपुर महानगरपालिका-२६ बस्ने ३१ वर्षीय अमृत डंगोल, भक्तपुस्थित वंशगोपालमा बस्ने ३४ वर्षीय किशोर चौगुठी, भक्तपुर ५ कटुन्जे बस्ने ४३ वर्षीय माधव चालिसे रहेका छन् ।

पक्राउ परेका छ जनालार्इ काठमाण्डौ जिल्ला अदालत पेस गरी सरकारी छाप दस्तखत कीर्ते ऐन अन्तर्गतको मुद्धामा म्याद थप लिई अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।