आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • असार अन्तिममा बजेट सक्ने चटारो, एकैदिन साढे ९ अर्ब निकासा

असार अन्तिममा बजेट सक्ने चटारो, एकैदिन साढे ९ अर्ब निकासा

चालु आर्थिक वर्षको अन्तिम साता चलिरहँदा सरकारले बजेट खर्च तिव्र बनाएको छ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– चालु आर्थिक वर्षको अन्तिम साता चलिरहँदा सरकारले बजेट खर्च तिव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार पछिल्लो ४ हप्तामा मात्रै २ खर्ब २० अर्ब ७१ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ।

गत जेठ मसान्तसम्म कुल ९ खर्ब १६ अर्ब ८५ करोड ४० लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको महालेखा नियन्त्रक कार्यालयले सोमबार (२८ असार)सम्म ११ खर्ब ३७ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

कार्यालयका अनुसार सोमबार एकैदिनमा ९ अर्ब ५७ करोड ६ लाख रुपैयाँ निकासा गरिएको छ। सरकारले विगतमा जस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्त्यमा खर्चलाई प्राथमिकता दिएको छ। आर्थिक वर्षको सुरुदेखि काम थाल्ने र बजेट खर्च बढाउने उद्देश्यले जेठ १५ मै बजेट सार्वजनिक गर्ने चलन सुरु गरेपनि आर्थिक वर्षको अन्तिममा मात्रै काम गर्ने गरिएको छ।

चालु आर्थिक वर्ष करिब करिब सकिनै लाग्दा विकास खर्चका रुपमा लिइने पुँजीगत खर्च २ खर्ब ३ अर्ब ५६ करोड ९० लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। विकास खर्च कुल विकास बजेटको ५७.६८ प्रतिशत रहेको महालेखाले जानकारी दिएको छ।

चालु  आर्थिक वर्षमा कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको थियो। चालुतर्फ तथा वित्तीयव्यवस्थातर्फको बजेट सहित चालु आर्थिक वर्षमा कुल १४ खर्ब ७४ खर्ब ६४ करोड ६४ लाख रुपैयाँ बजेट रहेको थियो।

प्रकाशित: Jul 13, 2021| 06:05 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्