हेटाैंडा - कांग्रेस सभापति शेरबहादुर देउवाले तीन तहका चुनावमा पार्टीले पराजय बेहोर्नुपरेको दोष सम्बन्धित उम्मेदवारलाई दिएका छन् ।
'चुनाव जित्छु भनेर टिकट लिए, हारे त मैले के गर्ने ?' उनले भने, '१/२ पटक मात्र होइन, १५ पटकसम्म काठमाडौं आउँछन्, दबाब दिन्छन् । म जित्छु भन्दै आएका उम्मेदवारले जित्छन् कि जित्दैनन् भन्ने मैले कसरी थाहा पाउने त ? अाफ्नै पार्टीका साथीहरूलार्इ मैले कसरी अविश्वास गर्ने ?'
संघीय संसदको चुनावमा २५ देखि ३० सिटभन्दा बढी जित्ने आकलन नै नभएको देउवाले बताए । अाफूले जिल्ला सभापतिहरूको अधिकार खोसेर गल्ती गरेको सभापति देउवाले स्वीकारे । 'मैले जिन्दगीको ठूलो गल्ती नै त्यही भएजस्तो महशुस गरेको छु,' उनले भने ।
जित्छु भनेर आएका उम्मेदवारले हार्नु आफ्नो दोष नभएको बताउँदै निर्वाचनमा पराजयको दोष आफ्नै थाप्लामा राख्नबाट उनी पन्छिए । 'अब महासमिति बैठक हुन्छ, विवाद सबै छाडिदिनोस्,' देउवाले भने ।
१५ मिनटको सम्बोधनमा करिब १२ मिनट आईजीपी प्रकरणका बारेमा बोले । 'निवर्तमान आईजीपी प्रकाश अर्याललाई सोध्दा कार्य सम्पादन मूल्यांकनमा आफैं अगाडि रहेको बताउँछन्, प्रधानन्यायाधीशले नवराज सिलवाल अगाडि रहेको फैसला दिन्छन्,' देउवाले भने, 'सिलवाललाई खोज्दा उनी भेटिँदैनन्, पछि कार्य सम्पादन मूल्यांकन हेर्दा त अर्याल पो कार्यसम्पादनमा अगाडि देखिन्छन् ।'
कार्यसम्पादन मूल्यांकनकै आधारमा अर्याललाई पछि प्रहरी महानिरीक्षक बनाइएको उनले बताए । 'यी सबै कुरा थाहा पाएर पनि किन मलाई पेलेका हुन् साथीहरूले ?' देउवाको गुनासो थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी एकताकै पक्षमा रहेको बताए । 'मैले सभापतिजीलाई पार्टी हारको जिम्मा लिनोस् भनेकै हो, उहाँले लिनुभएन,' उनले भने, 'पार्टी एकता सार्थक हुनु पर्छ ।' अब संघीय संरचनाअनुसार विधान संशोधन गरेर पार्टी एकतालाई सार्थक बनाउनुपर्ने औंल्याए ।
चुनाव जित्छु भनेर टिकट लिए, हारे त मैले के गर्ने ?' उनले भने, '१/२ पटक मात्र होइन, १५ पटकसम्म काठमाडौं आउँछन्, दबाब दिन्छन् । म जित्छु भन्दै आएका उम्मेदवारले जित्छन् कि जित्दैनन् भन्ने मैले कसरी थाहा पाउने त ?'
संघीय संसदको चुनावमा २५ देखि ३० सिटभन्दा बढी जित्ने आकलन नै नभएको देउवाले बताए ।
जित्छु भनेर आएका उम्मेदवारले हार्नु आफ्नो दोष नभएको बताउँदै निर्वाचनमा पराजयको दोष आफ्नै थाप्लामा राख्नबाट उनी पन्छिए । 'अब महासमिति बैठक हुन्छ, विवाद सबै छाडिदिनोस्,' देउवाले भने ।
१५ मिनटको सम्बोधनमा करिब १२ मिनट आईजीपी प्रकरणका बारेमा बोले । 'निवर्तमान आईजीपी प्रकाश अर्याललाई सोध्दा कार्य सम्पादन मूल्यांकनमा आफैं अगाडि रहेको बताउँछन्, प्रधानन्यायाधीशले नवराज सिलवाल अगाडि रहेको फैसला दिन्छन्,' देउवाले भने, 'सिलवाललाई खोज्दा उनी भेटिँदैनन्, पछि कार्य सम्पादन मूल्यांकन हेर्दा त अर्याल पो कार्यसम्पादनमा अगाडि देखिन्छन् ।'
कार्यसम्पादन मूल्यांकनकै आधारमा अर्याललाई पछि प्रहरी महानिरीक्षक बनाइएको उनले बताए । 'यी सबै कुरा थाहा पाएर पनि किन मलाई पेलेका हुन् साथीहरूले ?' देउवाको गुनासो थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी एकताकै पक्षमा रहेको बताए । 'मैले सभापतिजीलाई पार्टी हारको जिम्मा लिनोस् भनेकै हो, उहाँले लिनुभएन,' उनले भने, 'पार्टी एकता सार्थक हुनु पर्छ ।' अब संघीय संरचनाअनुसार विधान संशोधन गरेर पार्टी एकतालाई सार्थक बनाउनुपर्ने औंल्याए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४