विराटनगर- विश्वकप फुटबल हेर्नेक्रममा विवाद हुँदा मोरङ उर्लाबारी वडा नम्बर ३ का वडा सदस्यले एक युवामाथि चक्कू प्रहार गरेका छन् ।
उर्लाबारी– ५ मा रहेको एरोमा होटलमा बिहीबारराति विश्वकप फुटबल हेर्नेक्रममा विवाद हुँदा वडा सदस्य सचिन शाक्यले सोही वडाका २८ वर्षीय विशाल तामाङमाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट घाइते तामाङको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
चक्कु प्रहार गर्ने शाक्य फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुई जनाबीच के विषयमा विवाद भएको थियो भन्ने विषयमा खुल्न नसकेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४