सोमबार, असार २९, २०८३

जिल्ला न्यायाधीशमा २२ जनाको नाम सिफारिस : को–को परे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- न्याय परिषदले २२ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । 

बिहीबार साँझ बसेको बैठकले न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ न्यायाधीश सिफारिस गरेको हो । जसमा न्याय सेवाबाट सबैभन्दा बढी १४ जना रहेका छन्। यस्तै कानुनबाट ३ र सरकारी वकिल समूहबाट ५ जनाको नाम सिफारिस भएको छ। 

सिफारिस भएकामा २ जना मात्रै महिला परेका छन् । गीता श्रेष्ठ र दुर्गा खड्का सिफारिसमा परेका हुन् । श्रेष्ठ न्याय समूह र खड्का सरकारी वकिल समूहबाट न्यायाधीशमा सिफारिस भएका हुन्।

सिफारिस हुनेहरुमा कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेश कटुवाल, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे रहेका छन् । 

यस्तै सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वषन्तजंग थापा, चाणकमणि अर्याल पनि सिफारिसमा परेका छन् । 

प्रेमप्रसाद न्यौपाने, प्रह्लादकुमार योगी, दिनबन्धु अर्याल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, माधव सुवेदी, मणिराम न्यौपाने पनि सिफारिसमा परेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।