बुधबार, चैत ११, २०८२

यसरी पुग्‍नसक्छ अर्जेन्टिना 'नकआउट' चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- पहिलो खेलमा बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा नराम्ररी पराजित भएपछि विश्वकप फुटबलको नकआउट चरण पुग्ने सम्भावना अत्यन्त कमजोर बनेको  छ । 

बिहिबार राति भएको समुह चरणको दोस्रो खेलमा क्रोयसियासँग ३-० को फराकिलो गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार बेहोरेको हो ।

दुई खेलबाट जम्मा १ अंक जोडेपनि अर्जेन्टिनाका लागि अघिल्लो चरण प्रवेशका लागि सम्भावनका सबै ढोका भने पूर्ण रुपमा बन्द भैसकेको छैन् । 

समूह चरणको पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले अब अन्तिम खेलमा नाइजेरिलाई फराकिलो अन्तरले हराउँदै अन्य खेलको नतिजामा मात्र उसको नकआउट चरण पुग्ने सम्भावना तय हुनेछ । 

अर्जेन्टिना दोस्रो चरणमा पुग्नका लागि आज हुने नाइजेरिया र आइसल्याण्डबीचनको खेलमा नाइजेरियाले जित्नै पर्नेछ । यस्तै असार १२ गते हुने अर्को खेलमा अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोलअन्तरले हराउनु पर्नेछ ।

यति मात्र होइन आइसल्याण्डले क्रोएसियासँग पनि बराबरी या हार्नुपर्नेछ । जुन अर्जेन्टिनाका लागि 'असम्भव' देखिन्छ । अर्जेन्टिनालाई भाग्यले साथ दिए मात्रै यी सबै सम्भावना पुरा हुनेछन् । 

समुह डी मा रहेको क्रोयसिया अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने अर्जेन्टिना एक अंक सहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भन्दा एक खेल कम खेलेको आईसल्याण्ड दोस्रो र अंक विहिन नाईजेरिया तालिकाको पुछारमा छ ।

विश्वकप फुटबलको छनोट खेलमा पनि करिब आउट भैसकेको अर्जेन्टिनालाई अन्तिम खेलमा उष्कृष्ट पुनरागमन गराउँदै कप्तान लियोनल मेसीले टिमलाई रुससम्म डोहोर्याएका थिए । के अब मेसीले त्यसैगरि टिमलाई नकआउट चरणमा पुर्‍याउँलान् ? त्यो भने हेर्न बाँकी नै छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।