बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिनाको लज्‍जास्पद हार : नकआउटमा पुग्ने सम्भावना न्यून

अर्जेन्टिनाको लज्‍जास्पद हार : नकआउटमा पुग्ने सम्भावना न्यून

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्‍तर्गत जारी समुह चरणको खेलमा अर्जेन्टिना लज्‍जास्पद रुपमा पराजित भएको छ । बिहीबार राती भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।  

क्रोएसियासँग ३-० गोलले पराजित हुदा अर्जेन्टिनाका कप्तान तथा गोल मेसिन उपनामले चिनिने लियोनल मेस्सीको जादु चलेन । पहिलो हाफ गोलरहित बराबरीमा खेलेका यी दुई टीमले दोस्रो हाफमा क्रोएसियाले तीन गरेको हो भने अर्जेन्टिनाले एक गोल पनि गर्न सकेन। 

अर्जेन्टिनालाई लज्जास्पद हार दिलाउने क्रममा क्रोएसियाका रेविकले ५३, लुका मोड्रिकले ८० र राकिटिकले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । यो हारसँगै अर्जेन्न्टिना समूह चरणबाटै घर फर्किने सम्भावना बढेर गएको छ । 

पहिलो खेलमा विश्वकपमा डेब्यु टिम आइसल्याण्डविरुद्ध १-१ गोलको बराबरी खेलेको अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्ने झिनो सम्भावना मात्रै बाँकी छ ।

२ खेलमा जम्मा १ अंक जोडेको अर्जेन्टिना अब आज (शुक्रबार) हुने आइसल्याण्ड र नाइजेरियाबीचको खेलमा नाइजेरियाले जितेको खण्डमा र असार १२ गते हुने अर्को खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराएको अवस्थामा अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बन्नेछ ।

आजै नाइजेरियालाई आइसल्याण्डले हराए अर्जेन्टिना समुह चरणबाटै घर फर्किने पक्का छ । 

यता समुह डी बाट क्रोएसिया भने लगभग नकआउट चरणका लागि छनोट हुने पक्का भएको छ । अर्जेन्टिना र नाइजेरियालाई हराएको उसले ६ अंक जोडेको छ । अंकतालिकामा अर्जेन्टिना र आइसल्यान्डको एक एक अंक छ भने नाइजेरिया अंकबिहीन रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।