रुस- रुसमा जारी विश्वकप २०१८ को समुह चरणको पहिलो खेलमा निराशाजनक पर्दशन गरेको अर्जेन्टिनाले आज (बिहीबार) क्रोएसियासँग पर्दशन गर्ने भएको छ । निकै संघर्षका साथ विश्वकप यात्रा तय गरेको अर्जेन्टिनालाई पहिलो खेलमा आइसल्याण्डले बराबरीमा रोकेपछि अंक बाड्न बाध्य भएको थियो।
समुह चरणको दोस्रो खेल नेपाली समय अनुसार बिहीबार राति ११ः४५ बजेबाट शुरु हुने भएको छ।
अर्जेन्टिना
अर्जेन्टिनाले निकै कठिन परिस्थितिमा गुज्रिएर रसिया विशवकपको टिकट काटेको थियो । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना अन्तिम खेलमा जित हात पार्दै विश्वकपमा छनोट भएको हो।
अन्तिम खेलमा एक्वेडरलाई ३–१ ले हराएर पेरुलाई प्लेअफमा पठाउँदै अर्जेटिना रसिया विश्वकपमा छनोट भएको हो । छनोट चरणमा संघर्षपूर्ण यात्रा तय गरेर रसिया पुगे पनि अर्जेन्टिनाले आफ्नो खेलमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ।
स्टार खेलाडीले भरिएको अर्जेन्टिनाको पछिल्लो प्रर्दशनले दर्शकलाई निकै निराश बनाएको थियो।
गोलकिपर्स : विल्ली काबालेरो, फ्रन्को अर्मानी, नह्वेल गुज्म्यान
डिफेन्डर्स : ग्राबिरिल मेरकाडो, फेड्रिको फाजीओ, निकोलास वटोमेन्डी, र्माकोस रोखो, निकोलस टालफिको, ह्याभियर मास्चेरानो, मार्कोस आकुना, क्रिस्टियन एन्सलादी
मिडफिल्डर्स : इभर बनोगा, लुकास बिजीलिया, एन्जल डि मारिया, जियोभानी लो सेल्सो, म्नुयल लान्जिनी, क्रिस्टियन पाभोन, माक्सिमिलियानो मिजा, एदुआर्रदो साल्भियो
फवाडर्स : लियोनल मेस्सी, गोन्जाल्ओ हिग्विन, पावल ड्बाला, सर्जियो एगयुरो।
समूह चरणको पहिलो खेलमै बराबरीमा अर्जेटिना रोकिएको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको पेनाल्टी मिस भए पछि धेरैको रिस, नैराश्यता छाएको छ । त्यसलाई मेस्सीले आज कसरी बचाउन सक्छन् । उनको आजको प्रर्दशनीले नै देखाउनेछ।
आइसल्यान्ड विरूदको खेलमा १ गोल गरेका सर्जियो एग्युरो र गोन्जाल्ओ हिग्विन पनि रोजाइका खेलाडी मध्ये पर्छन्।
क्रोएसिया
क्रोएसिया ३ अंकसहित समूहको र्शीष स्थानमा रहेको क्रोएशियालाई आजको खेल भने नाइजेरियासँग जति सहज नहोला । आइसल्यान्डले अर्जेन्टिनालाई बराबरीमा रोके पछि क्रोएसियालाई र्शीष स्थानमा आउन सहज भएको हो।
गोलकिपर्स : ड्यानिजेल सुबेसिक, लोभ्रे कालिनिक, डोमिनिक लिभाकोभिक ।
डिफेन्डर्स : भिडर्यान कोरलुका, डोमागोज भिडा, एभान स्ट्रिनिक, सिमे भर्सालजीको, जोसिप पिभार्रिक, टिन जेडभाज, डिजान लोभरेन, डुजे काल्टा कार।
मिडफिल्डर्स : लुका मोड्रिक, इभान राकिटिक, मार्सिलो ब्रोजोभिक, माटेओ कोभासिक, फिलिप ब्राडिरिक, मिलन बडेल्जी, एन्ड्रिज क्रमारिक।
फवाडर्स : मरियो मान्जुकिक, निकोला कालिनिक, मार्को पिजाका, एन्टी रेबिक, इभान पेसिस्क।
रियल मोड्रिडका खेलाडी लुका मोड्रिचले नाइजेरियाविरूद पेनाल्टीबाट गोल गरेको थिए । एकतर्फ अजेृटिनालाई आइसल्यान्डको बराबरीलाई मिलाउनु छ भने अर्को तर्फ र्शीष स्थानलाई जोगाइ राख्नु क्रोएसियाको लागि आवश्यक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४