सोमबार, असार २९, २०८३

डेनमार्क र अस्ट्रेलियाले बराबरी खेल्दै अंक बाडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस - रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कले बराबरी १–१ गोल खेल्दै १-१ अंक बाँडेका छन् । 

खेलको सातौ मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै डेनर्माकलाई अग्रता दिलाए पनि अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको थियो । खेलको ३८ औं मिनेटमा डेनमार्कका खेलाडी जेडिनाकले गरेको पेनाल्टी प्रहारले खेल बराबरी भयो । डेनमार्कका खेलाडीले डिबक्सभित्र हातले बल रोकेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो ।

खेलको दोस्रो हाफमा अस्ट्रेलियाले बल आफ्नो नियन्त्रणमा राख्दै एकपछि अर्को प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । खेलको ८८ औं मिनेटमा अष्ट्रेलियाले २ पटक सर्ट प्रहार गरेको थियो तर, डेनमार्कमा गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

डेनमार्कको २ खेलमध्ये १ मा जित र एक खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । यता, अष्ट्रेलियाको भने २ खेलमध्ये १ खेलमा हार र १ खेलमा बराबरी खेल्दै १ अंक भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।