शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गठबन्धन जोगाउन दाहालको दौडधुप, ‘कमजोर भएपछि चलखेल र विभाजन गर्ने षड्यन्त्र’

गठबन्धन जोगाउन दाहालको दौडधुप, ‘कमजोर भएपछि चलखेल र विभाजन गर्ने षड्यन्त्र’

सत्तारुढ एमालेमा रहेको आन्तरिक विवाद समाधान हुने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप बढेको छ।  
 |  शनिबार, असार २६, २०७८

बीपी अनमोल

बीपी अनमोल

शनिबार, असार २६, २०७८

काठमाडौं– सत्तारुढ एमालेमा रहेको आन्तरिक विवाद समाधान हुने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दौडधुप बढेको छ। एमालेको विवाद समाधान गर्न गठित कार्यदलले सहमतिको मस्यौदा तयार गरिसकेको भन्ने समाचार बाहिरिएसँगै अध्यक्ष दाहाल पाँच दलीय गठबन्धन भत्किनेमा चिन्तित भएका हुन्। 

triton college

यद्यपि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समझदारी भने भइसकेको छैन। समझदारीका लागि अन्तिम चरणमा पुगेको नेता प्रदीप ज्ञवालीको भनाइ छ।

एमालेभित्रको समस्या समाधान भइहालेमा विपक्षी गगठबन्धन धरापमा पर्ने भएपछि दाहालको दौडधुप बढेको हो। दाहालले शनिबार गठबन्धनका अर्का नेता शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छुट्टाछुट्टै छलफल गरी गठबन्धन तोडिन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

दाहाल शनिबार दिउँसो कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए। दाहाल र देउवाबीच समसामयिक राजनीतिबारे छलफल भएको बताइए पनि एमाले एकजुट भइहाले गठबन्धनको भविष्य के हुने भन्ने विषयमा गम्भीर कुराकानी भएको स्रोतले जनाएको छ।

दाहाल शनिबार दिउँसो कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए। दाहाल र देउवाबीच समसामयिक राजनीतिबारे छलफल भएको बताइए पनि एमाले एकजुट भइहाले गठबन्धनको भविष्य के हुने भन्ने विषयमा गम्भीर कुराकानी भएको स्रोतले जनाएको छ।

corrent noodles
Metro Mart

यसअघि बिहान नेता नेपालको कोटेश्वरस्थित निवासमा पुगेका दाहालले गठबन्धनबाट नबाहिरिन आग्रह गरेका थिए। उनले नेता नेपाललाई प्रधानमन्त्री एवम् एमाले अध्यक्षबाट फेरि पनि धोका हुन सक्ने भन्दै सजग गराएका थिए। 

पाँचदलीय गठबन्धनबाट यताउता लाग्न नहुने उनको जोड थियो। दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता नेपालसँग आग्रह गरेको स्रोतको भनाइ छ। दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, ‘ओलीजीबाट तपाईंहरुलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस्।’ जबाफमा नेता नेपालले आफू निकटका साथीहरुसँग छलफल गरेर अघि बढ्ने बताएको स्रोतले जनायो। 

आफ्नो शक्ति क्षीण भइसकेको र अरूको शक्तिमा चलखेल गरेर राजनीति गर्न स्वभावका कारण दाहालको दौडधुप बढको कतिपयको बुझाइ छ। एमाले नेता विशाल भट्टराई भन्छन्, ‘दाहालसँग आफ्नो जनमत छैन। स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेर चुनाव जिते, संसदीय चुनावमा एमालेसँग मिलेर आफ्नो अस्तित्व कायम गरे। उहाँको राजनीति नै चलखेल र खेलोमेलोमा छ। अनि दौडधुप भइहाल्छ नि!’

एमाले नेता विशाल भट्टराई

त्यसो त एमालेमा ओली कमजोर भएमा सरकार र पार्टीको नेतृत्व दुवैमा आफू पुग्ने सोचाइ दाहालको रहेको बुझाइ भट्टराईको छ। उनी भन्छन्, ‘दाहाललाई सत्ता र एमाले दुवै कब्जा गर्छु भन्ने थियो। तर केपी शर्मा ओली शक्तिशाली भएपछि सबै सपना भंग भए।’

यस्तै सर्वोच्च अदालतबाट एमाले–माओवादी केन्द्र अलग भएको फैसलापछि पार्टीका धेरै नेता आफूतिर आउनेमा दाहाल ढुक्क रहेको भट्टराई बताउँछन्। उनी भन्छन्, ‘उल्टै २३ जना केन्द्रीय नेता एमालेमा आएका छन्। दाहालको एकपछि अर्को गर्दै उनको शक्ति क्षय भयो। आफ्नो शक्ति क्षीण भइसकेकापछि चलखेल र विभाजन गर्न दाहालको षडयन्त्र हो।’ 

नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, जनता समाजवादीको उपेन्द्र यादव समूह र एमालेको माधव समूहले सर्वोच्चमा दायर गरेको रिट निवेदनको टुंगो लाग्न बाँकी छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एमाले वरिष्ठ नेता नेपालसहित २३ सांसदले हस्ताक्षर गरेका छन्।

यसबीचमा ओलीले एमाले एकताका लागि प्रयास जारी राखेका छन्। एमाले एकजुट भएर हस्ताक्षर फिर्ता लिएमा विपक्षी गठनबन्धन कमजोर हुनेछ। उता एमाले एकताका लागि नेपाल र ओली पक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको दाबी गरेको छ। दुई पक्षबीच विगत केही दिनदेखि जारी वार्ता आज निष्कर्षमा पुग्ने नेताहरुले बताउँदै आएका छन्।

सम्बन्धित समाचार-

दाहालले नेपालसँग भने, ओलीजीबाट फेरि धोका हुन सक्छ, हाम्रो साथ नछोड्नुहोस्

देउवा-प्रचण्डको छलफल समसामयिक राजनीतिक जटिलतामा केन्द्रित

 

 

प्रकाशित: Jul 10, 2021| 11:39 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।