रुस– डेनमार्क र अस्ट्रेलियाबीचको समुह चरणको दोस्रो खेल समारा स्टिेडियममा नेपाली समय अनुसार ५ः४५ मा हुन गइरहेको छ । डेनमार्कले यस अघि पेरूविरूद्धको खेलमा १–० ले अग्रता लिँदै तीन अंक जोडेको छ । फिफा ¥याङकिगमा १२ औँ स्थानमा रहेको डेनमार्कको यो चौँथो विश्वकप यात्रा हो ।
रुसमा जारी २१ औं संस्करणको विश्वकप २०१८ को सातौं दिनको खेलमा डेनमार्क र अष्ट्रेलिया प्रतिस्पर्धाका लागि आमनेसामने हुने भएका छन् ।
डेनमार्क
१९५८ मा स्वीडेनमा भएको फिफा विश्वकपमा पहिलो पटक डेनमार्कले भाग लिएको थियो।
गोलकिपर्स : केस्पर सामिकिल, फ्रेडिरिक रोन्नोव, जोनाज् लोसल्स ।
डिफेन्डर्स : सिमोन काजेर, माथिएस र्जोजेनसन, एन्ड्रेस क्रिस्टेनसन, हेनरिक डाल्सगार्ड, जन्नीक भेस्टरगार्ड, जेन्स स्टा«इगर लार्सन, जोनास क्न्युडसेन ।
मिडफिल्डर्स : क्रिस्टियन इरिक्सन, लास्से स्चोने, माइकल कार्रहन डेह्ली, थोमस डिलाने, विलियम किभिस्ट, लुकास लेरागेर ।
फवाडर्स : एन्द्रीस कर्निलियुस, क्यास्पर डोल्बर्ग, मार्टिन ब्रएथवोटे, निकोलाई जार्जेनसेन, पिओनी सिस्टो, भिक्टोर फिसर, युसुफ पउल्सेन ।
डेनमार्कका मिडफिल्डर आरोन मुरेले अस्टे«लियाका क्रिस्चियन इरेक्सनलाई बिहीबार मैदानान ल्याउने भएका छन्् । आजको खेलमा अस्ट्रेलियालाई रोक्न सकेमा डेनर्माक नकआउट यात्राको लागि सहज बाटो मिल्नेछ ।
अष्ट्रेलिया
अहिलेसम्म कुनै पनि विश्वकप जित हात नपारेको अष्ट्रेलिया सन् १९७४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो । विश्वकपको उपाधि हासिल नगरेपनि सन् २००६ यता भने लगातार छनोटमा परेको छ ।
यसअघि चार पटकको विश्वकपमा सहभागी भएको अष्ट्रेलियाले उत्कृष्ट खेल सन् २००६ मा गरेको मानिन्छ । अस्ट्रेलिया सन् २००६ मा अन्तिम १६ मा पुग्न सफल भएको हो । यस पटक भने अष्ट्रेलियाले धेरै बलियो टिम बनाएको दाबी गरेको छ । सन् २००६ पछिका खेलमा समूह चरणबाटै बाहिरीएको अष्ट्रेलिया यसपटक पहिलो खेलमा फ्रान्ससँग २–१ गोलअन्तरमा हारेको छ । दोस्रो खेलमा अष्ट्रेलिया डेनमार्क विरुद्ध जीत हासिल गर्न नसके अस्टे«लियालाई नकआउट चरणमा प्रवेश गर्न सहज हुने छैन ।
गोलकिपर्स : ब्राड जोन्स, माट रेयान, ड्यानी भुकोभिक ।
डिफेन्डर्स : अजिज बेहिच, माइलोस डिजिनेक, म्थावी जुर्मान, जेम्स मेरेडिठ्, जोस रिस्डन, ट्रेन्ट सियन्बरी ।
मिडफिल्डर्स : ज्याक्सन इभाइन, मिलि जिडिनाक, रोबी क्रुसेमास्सिोमो लुओन्गो, मार्क मिलिगन, टम रोजिक, टिम काहिल ।
फवाडर्स : ड्यानियल अर्जानी, टेमी जुरिक, माथवी लेकी, एन्द«ी नाबोएट, डिमिट्रि पेट्राटोस, जेमी म्याकलरेन ।
जोस रिसडनले यस अघि फ्रान्ससँग खेलको खेलमा देखाएको प्रर्दशनीका कारण, आजको खेलमा पनि उनको महत्वपूर्ण भूमिका रहनेछ ।
-एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४