शनिबार, भदौ ६, २०८३

ओली–नेपाल वार्ता सकारात्मक, बिहीबार कार्यदलको बैठक

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दुई नेताबीच बुधबार साँझ राजधानीको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो। साढे दुई घण्टासम्म भएको वार्तापछि अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल बाहिरिएका छन्। वार्तामा के भयो भन्ने बारेमा नेताद्वयले केही बताएनन्। यद्यपि वार्तामा सहभागी दाेस्राे तहका नेताहरुले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढेकाे बताए।

अध्यक्ष ओली र नेता नेपालले सुरुमा दाेस्राे तहका नेताहरुसँग छलफल गरेका थिए। त्यसपछि दुई नेताबीच वान टु वान वार्ता भएकाे नेता सुरेन्द्र पाण्डेले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो। त्यसपछि ओली–नेपाल वान अन वान वार्तामा बसेका थिए । पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ। भोलि कार्यदलको बैठक बस्छ।’

दुई नेताबीच सकारात्मक परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको अर्का नेता भीम रावलले बताए। उनले पनि समस्या समाधानका लागि गहिराइमा पुगेर छलफल गर्न आवश्यक देखिएकाले वार्ता जारी रहने बताए। नेता रावलले भने, ‘जति पनि वार्ता भइरहेका छन्, त्यसको उद्देश्य सकारात्मक परिणाम ल्याउनु हो।’ सकारात्मक ढंगले नै वार्ता अघि बढेको उनको भनाइ छ। दाेस्राे तहका नेताहरुले वार्ता सकारात्मक भने पनि दुई नेताबीच सहमतिकाे विन्दु पहिल्याउन के विषयमा कुराकानी भएकाे थियाे भन्ने बारे केही जानकारी बाहिर ल्याइएकाे छैन।

दुई नेताबीच सकारात्मक परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको थियो। समस्या समाधानका लागि गहिराइमा पुगेर छलफल गर्न आवश्यक देखिएकाले वार्ता जारी रहने नेता भीम रावलले बताए।

वार्तामा एमाले नेताहरु रावल, विष्णु पौडेल, पाण्डे, रघुजी पन्त लगायतका  दोस्रो तहका नेताहरू  सहभागी थिए। सोमबार ओलीले नेपाल पक्षका नेता तथा कार्यदलमा नेपालतर्फका संयोजक रावलसँग भेट गरी एमाले एकताका लागि वातावरण बनाउन आग्रह गरेका थिए। यसपछि सोमबार र मंगलबार कार्यदलका दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो।

एमालेका दुवै पक्षका दोस्रो तहका ५–५ जना सदस्यहरू रहने गरी एमाले विवाद कार्यदल बनाइएको थियो। उक्त कार्यदलमा नेपाल पक्षका सदस्यहरूसँग बुधबार दिउँसो नेपालले छलफल गरेका थिए। यसपछि नेपाल ओलीसँग वार्ता गर्न तयार भएका हुन्। यसअघि उनले ओलीसँग भेट गर्न अस्वीकार गर्दै आएका थिए।  यसअघि गत वैखाख ७ र ८ गते  होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो। 

सोमबार ओलीले नेपाल पक्षका नेता तथा कार्यदलमा नेपाल तर्फका संयोजक भीम रावलसँग भेट गरी एमाले एकताका लागि वातावरण बनाउन आग्रह गरेका थिए। यसपछि सोमबार र मंगलबार कार्यदलका दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो। छलफल सकारात्मक रूपमा अघि बढेको कार्यदलका नेताहरूको भनाइ थियो। 

यसअघि बुधबार बिहान ओली निकट मानिने नेता तथा एमाले विवाद कार्यदलमा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले दुवै जना शीर्ष नेताहरूबीच भेटवार्ता हुने संकेत गरेका थिए। यसअघि गत वैखाख ७ र ८ गते  होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन्।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच झन्डै २ महिनापछि भेटवार्ता भएको हो। दुई नेताबीच वैशाख ३० गते पछिल्लो भेट काठमाडौंको बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भेट भएको थियो। नेताहरुबीच सहमति भएपछि जेठ २ मा कार्यदल गठन गरिएको थियो।

७ गतेसम्म कार्यदलले काम गरे पनि जेठ ८ गने प्रतिनिधिसभा विघटन भएपछि नेताहरूबीच दुरी बढेको थियो। यसबीचमा अध्यक्ष ओलीले सहमतिका लागि अघि सारेका प्रस्ताव नेपाल पक्षले अस्वीकार गर्दै आएको छ। सोमबारदेखि कार्यदल क्रियाशील भएपछि दुई नेताबीच भेटवार्ता सम्भव भएको हो।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन्।

प्रकाशित: Jul 07, 2021| 15:38 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।