इलाम- खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका-१२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ वर्षीय यमबहादुर सावा छन्।
सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामल जानकारी दिएको छ। आरोपित सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको बताइएको छ। प्रहरीले उनको साथबाट खुकुरीसमेत बरामद गरेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।