शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा वडास्तरदेखि नै योग्य नेतृत्व छानौं : नेता सिंह

कांग्रेसमा वडास्तरदेखि नै योग्य नेतृत्व छानौं : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन्।

लोकतन्त्रका लागि हाम्रो अभियानले आज आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तरक्र्रियामा उनले पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने बताएका हुन्।

नेता सिंहले आफू काठमाडौंको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण गरे। नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरिएको बताए। ‘महिलालाई जति सशक्तिकरण बनाउन सक्यो, त्यति नै देशको विकासमा सहयोग पुग्छ’, उनले भने। केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताए।

प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिति गराउनका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको महिला आन्दोलनमा मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताए।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताए। ‘स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ।’ उनले बताए।

प्रकाशित: Jul 07, 2021| 15:08 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।