शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पुगिन्न : डा बाबुराम भट्टराई

पूर्व र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पुगिन्न : डा बाबुराम भट्टराई

‘पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न,’ उनले भनेका छन्, ‘तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ।’
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि नपुगिने टिप्पणी गरेका छन्। पार्टी विभाजनको दिशातर्फ अघि बढेका बेला बुधबार ट्विट‍ गर्दै डा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

‘पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न,’ उनले भनेका छन्, ‘तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ।’ उनले गन्तव्यको लक्ष्य र कार्यदिशा प्रमुख हुने उल्लेख गरेका छन्।

‘पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि पुगिन्न,’ उनी भन्छन्, ‘बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो।’

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरिसकेको छ। यसअघि सहमतिका लागि प्रयास गरे पनि असफल भएपछि आयोगले कानुन बमोजिम प्रक्रिया अघि बढाइएको बताएको छ। 

प्रकाशित: Jul 07, 2021| 10:16 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।