काठमाडौं- नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। सेतीदोभानमा गएको पहिरोले अवरुद्ध भएको सडक दिउँसो सवा ३ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ।
मंगलबार राति पहिरोले सेतीदोभान क्षेत्रमा सडक अवरुद्ध भएको थियो। बिहान साढे ५ बजेदेखि नै पहिरो पन्छाउने काम सुरु गरेर साढे ८ बजेदेखि एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको थियो। त्यसपछि लगातारको प्रयासपछि दिउँसो दुवैतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि अनुशासित रुपमा दुवैतर्फ आफ्नो लाइनमा बसेकोमा यात्रु र चालकहरुलाई धन्यवाद दिएको छ।