शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले विवाद सहमति नजिक, ओली र नेपालसँग पनि छलफल गर्दै कार्यदल

एमाले विवाद सहमति नजिक, ओली र नेपालसँग पनि छलफल गर्दै कार्यदल

नेकपा (एमाले) भित्रको विवाद समाधान उन्मुख रहेको नेताहरुले बताएका छन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– नेकपा (एमाले) भित्रको विवाद समाधान उन्मुख रहेको नेताहरुले बताएका छन्।

विवाद मिलाउन गठित कार्यदलको बुधबारको बैठकपछि माधव नेपाल पक्षका नेता तथा पार्टी सचिव गोकर्ण विष्टले केही दिनदेखिको छलफल सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिए। विवादको समाधान खोज्न अनौपचारिक छलफल लामो समयदेखि जारी रहे पनि तीन दिनयता नेताहरू औपचारिक छलफलमा छन्।

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सोमबार, मंगलबार र बुधबार गरी निरन्तर तीन दिन बसेको बताउँदै उनले नेताहरू सहमति नजिक पुगेको जानकारी दिए।

‘विवाद देखिएका मुद्दामा समाधान खोज्ने सन्दर्भमा निष्कर्षमा पुगेका छौं। पार्टीलाई एकतावद्ध बनाउन सक्छौं। सार्थक परिणामप्राप्त गर्न सक्छौं भन्ने कुराको विश्वास कार्यदल बैठकबाट प्राप्त भएको छ,’ उनले भने।

उनले अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेको अवस्थामा पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने गरी छलफल भएको बताए। ‘केन्द्रीय कमिटीको संख्यामा भएको रहेको विवादमा समाधान खोज्ने, प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दामा जुन किसिमले समाधान खोज्नु पर्ने थियो, त्यसमा समाधान खोजिरहेका छौं। हामी धेरै नजिक पुगिसकेका छौं,’ उनले भने।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सहभागी प्रदीप ज्ञवालीले बैठक निष्कर्षोन्मुख रहेको बताए। उनले भोलि बिहीबारसम्ममा विवाद टुंगोमा पुग्ने दाबी गरे।

ओली पक्षका वार्ता संयोजक सुवास नेम्वाङले आज दिनभरमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग पनि छलफल गरेर कार्यदल टुंगोमा पुग्ने बताए। ‘आज साँझसम्ममा सबै काम सक्ने र भोलि बिहान ११ बजे बसेर  

पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षका ५–५ सदस्य रहने गरी कार्यदल गठन भएको थियो। कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

प्रकाशित: Jul 07, 2021| 08:10 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।