शनिबार, भदौ ६, २०८३

एमाले विवाद निष्कर्षोन्मुख : प्रदीप ज्ञावाली

नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ।

बिहानै बस्ने भनिएको बैठक नेताहरू आन्तरिक परामर्शमा रहेकाले ढीलागरि सुरु भएको थियो। नेकपा एमालेका नेता प्रदीप ज्ञावालीले बैठक निष्कर्षोन्मुख रहेको बताएका  छन्। उनले बिहीबारसम्म विवाद टुंगोमा पुग्ने बताए।

कार्यदलको बैठक अघि नेता भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँत छलफल गरेका थिए।

मंगलबार सिंहदरबारमा भएको छलफलमा सहमतिका लागि विभिन्न विकल्प तय भए पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन। पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षका ५-५ सदस्यहरू रहने गरी कार्यदल गठन भएको थियो।

कार्यदलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

प्रकाशित: Jul 07, 2021| 07:23 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।