काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोलामा चार सयले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुनको मूल्य प्रति तोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसै गरी तेजाबी सुनको मूल्य ९१ हजार ७०० रहेको छ।
सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। महासंघका अनुसार प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो।