काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै नागरिक अगुवाहरूले आज पनि प्रर्दशन गर्ने भएका छन्। नागरिक अगुवाहरूले बुधबार अपरान्ह भद्रकालीमा प्रर्दशन गर्ने भएका हुन्।
पछिल्लो समय उपकुलपतिलगायत प्रतिष्ठानका पदाधिकारीहरूले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरूको नेतृत्वमा काम गर्न नसक्ने भन्दै प्रतिष्ठानका कर्मचारीहरूले आन्दोलन गरिरहेका छन्।
बीपीका बेथितिविरूद्व धरानमा आन्दोलन सुरू भएको तीन साता बितिसक्दासमेत सुनुवाइ नभएपछि नागरिक अगुवाहरूले पनि काठमाडौंबाट बेतिथिविरुद्ध आन्दोलनरत पक्षलाई साथ दिइरहेका छन्।