शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका चार एमाले सांसदबारेको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने

कर्णालीका चार एमाले सांसदबारेको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने

कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। 
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। 

एमालेका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी सरकारलाई जोगाएपछि एमालेले उनीहरूमाथि कारबाही गरेको थियो। 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारबाहीका आधारमा प्रदेशसभाले उनीहरूलाई पदमुक्त गरेको थियो। 

पदमुक्त भएका नेताहरूलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो। उक्त आदेशविरुद्ध एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भ्याकेटमा गएका थिए।

प्रकाशित: Jul 07, 2021| 05:45 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।