काठमाडौं- चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई यसपटक नेपालमै इन्टर्नसीपको व्यवस्था गर्ने भएको छ।
कोभिड–१९ का कारण विदेशबाट नेपाल आएका तर इन्टर्नसीप पूरा गर्न जान नसकेका विद्यार्थीका हकमा एक पटकका लागि नेपालमा नै इन्टर्नसीप गर्न पाउने व्यवस्था गरिएको हो।
आयोगले सूचना जारी गर्दै विद्यार्थीलाई आवेदन दिन भनेको छ। स्वदेशमै इन्टर्नसिप पूरा गर्न चाहने विद्यार्थीले साउन ४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।