काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
मंगलबार साँझ एक सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो। अब ग्यासको खुद्रा मूल्य १ हजार ४२५ रुपैयाँ पुगेको छ।
यस्तै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै पेट्रोल अब प्रतिलिटर १२९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर ८४ रुपैयाँ पुर्याइएको छ।
स्वचालित मूल्य कार्यान्वयनअनुसार मूल्यवृद्धि गरिएको निगमले दाबी गरेको छ।
