चितवन- चितवनको राप्तीमा स्थानीय र प्रहरी बीच झडप हुँदा ७ प्रहरी घाइते भएका छन्। आफूलाई महिला अधिकारकर्मी भनेर दाबी गर्ने सावित्री सुवेदी नेतृत्वमा प्रर्दशनमा स्थानीय र प्रहरीबीच मंगलबा झडप भएको थिए। झडपमा परी घाइते हुनेमा एक जना डिएसपी पनि छन्।
चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको रहस्यमय मृत्यु भएको र पोस्टमार्टम पनि उचित तरिकाले नभएको भन्दै पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको थियो।
यता प्रहरी घाइते भएपछि चितवन जिल्ला प्रशासन कार्यालयले राप्ती नगरपालिकाका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ४ को डढुवासम्मको पूर्वपश्चिम राजमार्ग क्षेत्रको ५ सय मिटर दायाँबाँयाँ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
मंगलबार साँझ साढे ७ देखि बुधबार साँझ साढे ७ सम्म कर्फ्यू आदेश जारी गरिएको हो। कर्फ्यू आदेश जारी भएपनि राजमार्गमा लामो दुरीका सवारी साधन आवतजावतमा रोक लगाइएको छैन।
थप समाचार
घरबाट भिण्डी लिन निस्किएकी थिइन्, ९ दिनपछि जंगलमा मृत भेटिइन् सुजिता