शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा मानव अधिकार उल्लंघनका घटनाबाट ३८९ जना पीडित

प्रदेश १ मा मानव अधिकार उल्लंघनका घटनाबाट ३८९ जना पीडित

प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ महिनामा ३८९ जना पीडित भएका छन्। 
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

विराटनगर- प्रदेश १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ महिनामा ३८९ जना पीडित भएका छन्। 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को मानव अधिकार अवस्था र पत्रकारबीच मिडिया साझेदारी बैठकमा ३८९ जना व्यक्ति पीडित भएको प्रतिवेदन सार्वजनिक गरिएको छ। 

इन्सेक प्रदेश १ का प्रलेख अधिकारी पुन्य अधिकारीले सन् २०२१ को ६ महिनाको अवधिमा गैरराज्यपक्षबाट ३८२ र राज्य पक्षबाट ७ जना पीडित बन्न पुगेको प्रतिवेदन सार्जजनिक गरे।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हत्या घटनाका १६, बालिका बलात्कारका १०५, बाल यौनदुर्व्यवहारका ४१, महिला बलात्कारका ६१, घरेलु हिंसाका ६२, कुटपिटका २१, बहुविवाहका १९ घटना भएको उल्लेख छ। वर्ष पुस्तक २०२२ का लागि गरिएको अर्धवार्षिक समीक्षा अवधिमा प्रदेश १ मा बालविवाह, मानव वेचविखन, नवजात शिशु हत्या, कुटपिट, सार्वजनिक सम्पत्तिमाथि तोडफोड, जातीय भेदभावलगायतका घटना भएको अधिकारीले बताए। 

कार्यक्रममा मोरङमा ६ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे पनि प्रतिवेदन प्रस्तुत गरिएको थियो।

मानव अधिकार अवस्था र पत्रकारबीच मिडिया साझेदारी बैठकमा प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला, इन्सेक प्रदेश १ प्रमुख सोमराज थापा, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लव घिमिरे, मोरङ अध्यक्ष सञ्जीव खनाल, गैरसरकारी संस्था महासंघ मोरङ उपाध्यक्ष विष्णु शर्मालेलगायतले बोलेका थिए।

प्रकाशित: Jul 06, 2021| 13:54 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।