शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुजिता मृत्यु प्रकरण : राप्ती नगरपालिकामा कर्फ्यू आदेश जारी

सुजिता मृत्यु प्रकरण : राप्ती नगरपालिकामा कर्फ्यू आदेश जारी

नगरपालिकाका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ४ सम्मको पूर्वपश्चिम राजमार्ग क्षेत्रको ५ सय मिटर दायाँबाँयाँ क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

चितवन- चितवनको राप्ती नगरपालिकाका वडा नम्बर १ को लोथरदेखि वडा नम्बर ४ को डढुवासम्मको पूर्वपश्चिम राजमार्ग क्षेत्रको ५ सय मिटर दायाँबाँयाँ क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। 

सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा स्थानीयको आन्दोलन अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश  जारी गरेको हो।

मंगलबार साँझ साढे ७ देखि बुधबार साँझ साढे ७ सम्म कर्फ्यू आदेश जारी  गरिएको हो। स्थानीयहरूले भण्डारीको मृत्युको विषयमा हुलहुज्जत गर्न थालेपछि कर्फ्यू लगाउनु परेको चितवन प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।

कर्फ्यू आदेश जारी भएपनि राजमार्गमा लामो दुरीका सवारी साधन आवतजावतमा रोक लगाइएको छैन। छोटो दुरीका सवारी साधन भने चलाउन नपाइने आदेशमा उल्लेख छ। 

No description available.

थप समाचार : घरबाट भिण्डी लिन निस्किएकी थिइन्, ९ दिनपछि जंगलमा मृत भेटिइन् सुजिता

प्रकाशित: Jul 06, 2021| 13:33 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।