शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा ६ देश भिड्दै : अर्जेन्टिना र फ्रान्सले मार्लान् बाजी ? 

विश्वकपमा ६ देश भिड्दै : अर्जेन्टिना र फ्रान्सले मार्लान् बाजी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत (बिहीबार) आजपनि ६ देशबीच भिडन्त हुँदैछ ।  आज समुह सी मा रहेका ४ देश र समुह डी मा रहेका २ देशबीच भिडन्त हुन लागेको हो । 

पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । समारा एरिना रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा अष्ट्रेलियालाई जित्नै पर्ने दबाब छ । पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २-१ ले पराजित भएको थियो । डेनमार्कले भने पेरुलाई १-० ले हराएको थियो ।

आजै हुने दोस्रो खेलमा समुह सी कै फ्रान्स र पेरू भिड्दैछन् । इकाटेरिनबर्ग एरिना रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे सुरु हुनेछ । अघिल्लो चरणको यात्रा तय गर्न पेरूलाई यो खेल जित्नैपर्ने दबाब छ । 

यसैगरि आज हुने तेस्रो तथा अन्तिम खेलमा समुह डी मा रहेका अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्प्रर्धा हुनेछ । निज्नी नोभगोरोड रंगशालामा हुने खेल नेपाली समयअनुसार राती ११ः४५ सुरुहुने छ । पहिलो खेलमा आइसल्याण्डसंग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनालाई आजको खेल जित्नै पर्ने दबाब छ । 

आजको खेल जिताउन मेसिमाथि ठूलो दबाब छ । अघिल्लो पटक उपविजेता बनेको अर्जेन्टिनालाई यसपटक उपाधी दिलाउन मेसीका लागि सम्भवतः यो अन्तिम अवसर हुनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।