शनिबार, भदौ ६, २०८३

६९ दिनदेखि बन्द कैलालीका होटल भोलिदेखि खुल्ने

कैलालीमा जारी निषेध आदेशका कारण ६९ दिनदेखि बन्द होटल बुधबार (भोलि) देखि सञ्चालनमा आउने भएका छन्। 
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

धनगढी- कैलालीमा जारी निषेध आदेशका कारण ६९ दिनदेखि बन्द होटल बुधबार (भोलि) देखि सञ्चालनमा आउने भएका छन्। 

कोभिड-१९ दोस्रो लहरका कारण वैशाख १६ गतेदेखि जिल्लामा जारी निषेध आदेशका कारण कैलालीका होटल सञ्चालनमा आउन सकेका थिएनन्।

कैलाली प्रशासनले स्वरूप परिवर्तन गरी साउन १ गतेसम्मलाई निषेध आदेशलाई निरन्तरता दिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बुधबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म होटल, रेष्टुरेन्ट, फास्टफुड, खाजा तथा चिया पसल सञ्चानल गर्न सकिने बताए। प्रजिअ रिजालले सकेसम्म होम डेलिभरी तथा टेक अवे सेवालाई प्राथमिकता दिएर सञ्चालन गर्न आग्रह गरे। 

यसअघि जोरबिजोर नम्बरको आधारमा सञ्चालन हुदै आएको यात्रुबाहक सार्वजनिक सवारी साधन भने सिट क्षमताअनुसार यात्रु राखेर सञ्चालन गर्न पाइने प्रजिअ रिजालले बताए।

योभन्दा अघिसम्म गोष्ठी, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप बढीमा २५ जनासम्म राखेर सञ्चालन गर्न दिइने भएको छ।

मानिसहरु भिडभाड हुने सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, पार्क, सैलुन, ब्यूटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, शिक्षण संस्था सञ्चालनमा भने सञ्चालन गर्न पाइने छैन।

प्रकाशित: Jul 06, 2021| 11:40 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।