शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : मन्त्रीको भनाइ रेकर्डबाट हटाउन रुलिङ भएपछि चल्यो संसद बैठक

प्रदेश १ : मन्त्रीको भनाइ रेकर्डबाट हटाउन रुलिङ भएपछि चल्यो संसद बैठक

आठ दिनदेखि अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक मंगलबार भने चलेको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

विराटनगर- आठ दिनदेखि अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक मंगलबार भने चलेको छ।

प्रदेशसभाको असार १३ गतेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काविरुद्ध व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै उनले माफी माग्नु पर्ने माग गर्दै माओवादीले चार पटक संसद बैठक अवरुद्ध गर्दै आएको थियो। 

मंगलबार संसद बैठक सुरु भएलगत्तै सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको १२ औं बैठकमा सभामुखले रुलिङ गरेपछि व्यक्त गरेका भनाई रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएपछि बैठक सुरु भएको हो। सभामुख भण्डारीले संसदमा मर्यादित भाषाको प्रयोग गर्न पनि सचेत गराएका छन्।

लगातार बैठक अवरुद्ध हुँदा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल प्रभावित बनेको थियो। 

प्रकाशित: Jul 06, 2021| 10:43 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।