शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सट्टेबाजीमा संलग्न ४ चिनियाँ नागरिक अखेटोपहारसहित पक्राउ

सट्टेबाजीमा संलग्न ४ चिनियाँ नागरिक अखेटोपहारसहित पक्राउ

पक्राउ पर्नेमा ३१ वर्षीय जाहो पेनुचेङ, ३४ वर्षीय मा जिङबिन, ३१ वर्षीय निउ युलाइङ र २८ वर्षीय पेङ हुई छन्। ज्याँठामा चिनियाँ नागरिक वोइनलङ सीले सञ्चालन गरेको जियाङ्गु खाजन होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारसहित प्रहरीले उनीहरिलाई पक्राउ गरेको हो।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- सट्टटेबाजीमा संलग्न रहेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ ज्याँठा क्वाबाहालमा जम्मा भई सट्टेबाजी खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३१ वर्षीय जाहो पेनुचेङ, ३४ वर्षीय मा जिङबिन, ३१ वर्षीय निउ युलाइङ र २८ वर्षीय पेङ हुई छन्। ज्याँठामा चिनियाँ नागरिक वोइनलङ सीले सञ्चालन गरेको जियाङ्गु खाजन होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारसहित प्रहरीले उनीहरिलाई पक्राउ गरेको हो।

उनीहरुका साथबाट ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ नगद, दुर्लभ वन्यजन्तुको छाला, कस्तुरीको बिना, बुद्ध चित्र, रुद्राक्ष, बाघको दात, फलामको धारिलो खुकुरी र तलबारसहित पक्राउ गरेको हो।

प्रहरीले होटलबाट दुई थान विद्युतीय टेबल, ४१० थान जुवातास खेल्न प्रयोग हुने गोटी, सात थान मोबाईल, १ थान बाघको छाला, एक थान गाईको छाला १, १० थान बिना, १० थान बुद्धचित्त, २० किलो रुद्राक्ष र दुई थान राहदानी बरामद गरेको छ।

यस्तै ३५ थान विभिन्न बैंकका एटिएम कार्डहरु पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jul 06, 2021| 10:23 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।