शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंहदरबारमा एमाले कार्यदलको बैठक चलिरहँदा नेपाल निवास पुगे प्रचण्ड 

सिंहदरबारमा एमाले कार्यदलको बैठक चलिरहँदा नेपाल निवास पुगे प्रचण्ड 

नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल छलफलमा जुटेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।  
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं– नेकपा (एमाले) भित्र चर्किएको विवाद समाधान गर्न गठन भएको कार्यदल छलफलमा जुटेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्। माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेका दाहाल त्‍यहाँबाट फर्केर सिधै कोटेश्‍वर पुगेका हुन् ।

उता, सिंहदरबारमा कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ।  जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। खनाल–नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। 

आइतबार असन्तुष्ट समूहका नेता तथा उपाध्यक्ष भीम रावलले बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेपछि सोमबारबाट कार्यदल सक्रिय भएको हो।

नेता रावलले पार्टी अध्यक्ष ओलीलाई अदालतमा विचाराधीन मुद्दाको फैसला जे आउँछ, त्यसपछि अघि बढ्नुपर्ने भन्दै अहिले हस्ताक्षर फिर्ताको विषयलाई मुद्दा बनाएर सहमति नरोक्न आग्रह गरेका थिए।

आज नै माओवादी अध्यक्ष प्रचण्डले जनकपुरमा सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने बताएका थिए।

प्रकाशित: Jul 06, 2021| 09:32 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।