शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अष्ट्रेलियाको संसद्‌मा मन्त्रीद्वारा सांसदमाथि यौन दुर्व्यवहार!

अष्ट्रेलियाको संसद्‌मा मन्त्रीद्वारा सांसदमाथि यौन दुर्व्यवहार!

अष्ट्रेलियाकी एक पूर्वसांसदले संसद् भवनमै आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन्।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं– अष्ट्रेलियाकी एक पूर्वसांसदले संसद् भवनमै आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन्। 

सन् २०१७ मा संसद् भवनभित्रै एक मन्त्रीले आफूलाई गलत तरिकाले छोएको आरोप पूर्वसांसद जुलिया बैंक्सले लगाएकी हुन्। 

त्यतिबेलाको घटना स्मरण गर्दै उनले भनिन्, ‘संसदमा भोटिङ भइरहेको बेला एक मन्त्रीले मेरो तिघ्रामा हातको फेरो मारेका थिए।’

बैंक्सको यो भनाइ सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मरिसनको कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाको बारेमा कार्यालयलाई थाहा नभएको बताएको छ। बैंक्सले यसबारे पहिले नै बताउनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयले उक्त हर्कत गलत भएको स्पष्ट पारेको छ। 

पूर्वसांसद बैंक्सले आफूलाई दुर्व्यवहार गर्ने सांसदको नाम भने सार्वजनिक गरेकी छैनन्। तर, ती व्यक्ति अझै मन्त्री रहेको उनले उल्लेख गरेकी छन्। 

त्यतिबेलाको घटना सम्झिँदै बैंक्सले भनिन्, ‘हामी धेरैजना रातको समयमा मतदानका लागि प्रतीक्षा गरिरहेका थियौं। ती मन्त्री आए र मेरो छेउमा बसे। उनले आफ्नो हाम मेरो तिघ्रामा राखे र विस्तारै माथितिर सारे। क्याबिनेटको एक सदस्यले संसदमा त्यस्तो हर्कत गर्नु मेरा लागि अविश्वसनीय थियो।’

बैंक्सको यो आरोपले मरिसनको रुढीवादी सरकार र अष्ट्रेलियाको राजनीतिमाथि नै प्रश्न उठाइदिएको छ।

–बीबीसी
 

प्रकाशित: Jul 06, 2021| 07:49 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।