शनिबार, भदौ ६, २०८३

नासों गाउँपालिका–५ का वडाध्यक्षको निधन

नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ। पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो। 
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

मनाङ- नासों गाउँपालिका-५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार निधन भएको छ। पचास वर्षीय पुनेलको हृदयाघातका कारण निधन भएको हो। 

नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उनी काठमाडौं गएर आइतबार मात्रै बेँसीशहर फर्किएका थिए। 

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बसेका उनको हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उनको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताए।

प्रकाशित: Jul 06, 2021| 07:14 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।