सोमबार, असार २९, २०८३

आज योग दिवसः यस्तो छ याेगकाे महत्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवश । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सरकारी र गैरसरकारी स्तरबाट विभिन्न स्थानमा र्‍याली समेत निकालिएको छ । 

स्वास्थ्य सेवा विभाग टेकुबाट प्रभातभेरी गरेको छ । स्वास्थ्य जीवनको आधार योग तथा आयुर्वेद उपचार, आहार विहारमा ध्यान दिऔं, औषधीजन्य जडिबुटीको संरक्षण गरौं भन्ने नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरि गरिएको हो ।

बानी, खानपानका कारण नसर्ने रोग बढिरहेको भन्दै समयमै सुत्न, उठ्न र व्यवहार परिवर्तन गर्न योगको महत्व रहेको जनाइएको छ । यस्तै स्वास्थ्य मन्त्रालयमा पनि विशेष कार्यक्रमको आयेजना गरेको छ । 

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले ४ वर्षअघि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो भन्ने शास्त्रमा पढ्न पाइन्छ । 

आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।