काठमाडौं- आठ पटकको विजेता रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
सोमबार राति सम्पन्न अन्तिम १६ को खेलमा जित निकाल्दै यी खेलाडीले अन्तिम ८ को यात्रा तय गरेका हुन्।
अहिले ३४ वर्षे जोकोभिच फेडेररले बराबरी गरेको २० ग्राण्डस्लमको रेकर्ड बराबरी गर्ने दाउमा छन्। यता प्रिक्वार्टरफाइनलमा जोकोभिचले चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ को सेटमा हराएका थिए।
यता राफेल नाडालसँगै २० उपाधि साझा गरेका फेडेररले सोमबारको खेलमा इटालीका लोरेन्जो सोनेगोलाई ७–५, ६–४ र ६–२ को सेटमा हराएको थियो।
अब अहिले स्विस खेलाडी फेडेररले ड्यानी मेड्मेडेभ र पोल्यान्डका हुबर्टसँग खेल्नेछन्।