शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर पुगेर प्रचण्डले भने- संसद् पुनर्स्थापनाको विकल्प छैन

जनकपुर पुगेर प्रचण्डले भने- संसद् पुनर्स्थापनाको विकल्प छैन

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। 
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

जनकपुरधाम- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। 

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन्। 

‘यसअघि पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘संसद् पुनर्स्थापना मात्रै गर्दैन, सर्वोच्च अदालतमा बुझाएको १४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’

संविधानको मर्म र भावनाअनुसार, लोकतान्त्रिक मूल्य मान्यताअनुसार संसद् पुनर्स्थापनाको कुनै विकल्प नरहेको उनको भनाइ थियो।  उनले भने, ‘संसद् पुनर्स्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ त्यतातर्फ म कल्पनासम्म गर्न सक्दिनँ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दबाब दिन खोजिरहेको आरोप लगाएका छन्। ‘उहाँ निरंकुशतातर्फ अगाडि बढ्दै हुनुहुन्छ, उहाँ नेपाली जनताको नजरमा एक निरंकुश र लोकतन्त्रविरोधी तत्त्वको रुपमा रहेको उजागर भइसकेको छ, उहाँले गरेर केही हुनेवाला छैन,’ उनले भने। 

उनले संविधान त्रुटिपूर्ण रहेको स्वीकार गर्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए। उनले संविधान त्रुटिपूर्ण रहे पनि वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व सबैको भएको बताए। 

यता सोमबार राति १० बजे निधन भएको माओवादीका केन्द्रीय सदस्य महादेव यादवको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। 

धनुषाको सहिदनगर नगरपालिका-१, बालाबाखरका नेता यादव लामो समयदेखि क्यान्सबाट पीडित थिए। उनी नेकपा माओवादी केन्द्रको ‘जनयुद्ध’मा सुरुदेखि नै सहभागी भएर महोत्तरी, धनुषा र सिरहाको कमाण्ड सम्हालेर पार्टीको जिम्मेवारी वहन गरेका थिए।

प्रकाशित: Jul 06, 2021| 06:20 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।