काठमाडौं- त्रिवि शिक्षण अस्पतालको उप-निर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन्। सोमबार चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्यासिंह शाहले उनलाई उप-निर्देशकमा नियुक्त गरेकी हुन्।
अस्पतालका निर्देशक डा. दिनेश काफ्ले उनलाई उपनिर्देशकका लागि सिफारिस गरेका थिए। शिक्षण अस्पतालमा दुई उपनिर्देशक रहने व्यवस्था छ, जसमध्ये एक उपनिर्देशकमा यसअघि नै क्रिटिकल केयरका चिकित्सक डा. सुवास आचार्य नियुक्त भइसकेका छन्।
१४ वर्षदेखि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान र त्रिवि अस्पतालमा कार्यरत डा. दास वरिष्ठ फिजिसियन हुन्। डा. दास कोभिड-१९ महामारीका बेला त्रिविको कोभिड-१९ युनिटका इन्चार्ज थिए।