काठमाडौं - चितवन राप्ती नगरपालिका ३ की सुजिता भण्डारीको शव पाेस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ।
असार ११ देखि बेपत्ता भएकी सुजिता ९ दिनपछि जंगलमा मृत भेटिएकी थिइन्। उनको शव सडेको अवस्थामा फेला परेको थियो।
शव सोमबार राति पठाइएको र आज बिहान काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म केही नखुलेको जनाएको छ।
यो पनि पढ्नुहोस्
घरबाट भिण्डी लिन निस्किएकी थिइन्, ९ दिनपछि जंगलमा मृत भेटिइन् सुजिता