जनकपुरधाम- नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। क्यान्सर रोगबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा सोमबार राति निधन भएको पारीवारिक स्रोतले जनाएको छ।
जनकपुर-१४ मुजेलियास्थित आफ्नै निवासमा सोमबार राति यादवको निधन भएको हो।
नेता यादवको निधनप्रति माओवादी अध्यक्ष पुप्पकमल दाहाल 'प्रचण्ड'ले दु:ख व्यक्त गरेका छन्। नेता यादवको निधनप्रति दु:ख व्यक्त गर्दै प्रचण्डले जनयुद्धमा उनले खेलेको सक्रिय भूमिकाको स्मरण गरेका छन्। 'यादवको निधनले देश र पार्टीलाई अपूरणीय क्षति भएको छ', प्रचण्डले भनेका छन्।
यादवको आजै जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने बताइएको छ। यादवका श्रीमती, दुई छोरी र एक छोरा छन्।