शनिबार, भदौ ६, २०८३

कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते

कालिकोटमा मंगलबार बिहान जीप दुर्घटना भएको छ। दुर्घटनामापरी एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

सुर्खेत- कालिकोटमा मंगलबार बिहान जीप दुर्घटना भएको छ। दुर्घटनामापरी एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सान्नीत्रिवेणी गाउँपालिकाकी ३५ वर्षीया पम्फा फडेरा रहेको प्रहरीले जनाएको छ।

अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको कालिकोटका डीएसपी चक्रबहादुर शाहले जनाए। 

रास्कोटबाट लालिघाटतर्फ जाँदै गरेको क१ज २३२३ नम्बरको जीप सान्नीघाटमा दुर्घटना भएको हो। कच्ची सडकका कारण जीप अनियन्त्रित भएर नालामा पल्टीएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 06, 2021| 03:05 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।