शनिबार, भदौ ६, २०८३

विराटनगरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

विराटनगर महानगरपालिका-७ मा स्कुटर दुर्घटनामा परेर सोमबार साँझ चालकको मृत्यु भएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

विराटनगर- विराटनगर महानगरपालिका-७ मा स्कुटर दुर्घटनामा परेर सोमबार साँझ चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को३२प ८८१० नम्बरको स्कुटर दुर्घटना हुँदा विराटनगर-१४ का ४७ वर्षीय टीका मेचेको मृत्यु भएको हो। मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङका अनुसार पानी परेर चिप्लो बनेको सडकमा स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते बनेका मेचेको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा साँझ ७:४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 06, 2021| 02:02 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।