शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका ३२ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाइँदै

काठमाडौंका ३२ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाइँदै

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइँदैछ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइँदैछ। जेठ २५ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जेठ २५ देखि २९ सम्म ३ लाख ७० हजारभन्दा बढी व्यक्तिले खोपको पहिलो मात्रा लगाएका थिए। 

काठमाडौंका ३२ केन्द्रबाट असार २२ गतेदेखि २४ गतेसम्म खोप दिइने छ। खोप लगाउन जानेहरूले पहिलो मात्रा लगाएको कार्ड अनिवार्य साथमा लगेर नजिकैको केन्द्रमा जानसक्ने छन्।

प्रकाशित: Jul 06, 2021| 01:43 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।