काठमाडौं- नेकपा एमालेमा जारी अन्तरसंघर्ष अन्त्यका लागि पूर्वगठित कार्यदल पुनः सक्रिय भएको छ। केहीबेरअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहमतिमै अघि बढ्नेबारे छलफल भएको छ।
यद्यपि कार्यदलले कुनै निष्कर्ष भने ननिकालेको माधव नेपाल पक्षीय नेता भीम रावलले जानकारी दिए।
उनको अनुसार भोलि (मंगलबार) दिउँसाे १ बजे पुनः बैठक बसेर छलफल गरिनेछ। यसअघि आइतबार साँझ रावलले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। सोमबार बिहान रावलले नेता माधव नेपालसँग भेट गरेर ओलीसँगको छलफलबारे जानकारी गराएका थिए।
सोमबार साँझ कार्यदलका सदस्यहरु सिंहदरबारमा भेला भएर गरेको छलफल सकारात्मक भएको र थप छलफल गर्ने सल्लाह भएको नेपाल पक्षीय अर्का नेता रघुजी पन्तले बताए।