शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देवयानी बनिन् कोकाकोला दक्षिण-पूर्वी एसिया उपाध्यक्ष

देवयानी बनिन् कोकाकोला दक्षिण-पूर्वी एसिया उपाध्यक्ष

‘राणाले नीति, कानुन, व्यापार, सम्झौतालगायतका क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन्। उनको योगदानले हाम्रो उद्देश्य पूरा हुनुका साथै कोकाकोलाको विश्वासलाई अझै उचाइमा पुर्‍याउने छ,’ संकेतले भनेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- बहुराष्ट्रिय हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले भारत र दक्षिण-पूर्वी एसिया क्षेत्रको उपाध्यक्षमा देवयानी राणालाई नियुक्त गरेको छ। उनी सार्वजनिक सरोकार, सञ्चार तथा दिगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्षमा नियुक्त भएको कोकाकोलाले जानकारी दिएको छ। 

राणालाई उपाध्यक्षमा नियुक्त गरेपछि कम्पनीले थप उचाई लिने विश्वास व्यक्त गरिएको छ। राणासँग सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चार क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ। भौतिक पूर्वाधार, राजनीतिक/सामाजिक/प्रशासनिक र व्यापारका क्षेत्रमा पनि उनले काम गरेकी छन्। 

कोकाकोला उपाध्यक्षमा नियुक्त हुनुअघि राणा कार्टरपिलर इन्डियामा नेपाल, भारत र भुटानका लागि जनसम्पर्क निर्देशक थिइन्। राणाले संयुक्त राष्ट्रसंघीय विकास नियोगलगायतका संस्थाहरूमा काम गरिसकेकी छन्।

कोकाकोला भारत र दक्षिण-पश्चिम एसिया प्रमुख संकेत रायले बहुमुखी प्रतिभाकी धनी राणालाई कोकाकोलाको कोर टिममा भित्र्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। ‘देवयानीलाई भारत र दक्षिण पूर्वी-एसिया कोकाकोला टिमको नेतृत्वमा पाउँदा निकै खुसी लागेको छ। देवयानीको आगमन कोकाकोलाका लागि निकै सुखद् रहनेछ,’ रायले भनेका छन्। राणाको अनुभव र कार्यक्षमताले कोकाकोलाको व्यापार विस्तारलाई गति दिने उनको विश्वास छ।

कोकाकोला उपाध्यक्षमा नियुक्त हुनुअघि राणा कार्टरपिलर इन्डियामा नेपाल, भारत र भुटानका लागि जनसम्पर्क निर्देशक थिइन्। राणाले संयुक्त राष्ट्रसंघीय विकास नियोगलगायतका संस्थाहरूमा काम गरिसकेकी छन्।

‘राणाले नीति, कानुन, व्यापार, सम्झौतालगायतका क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन्। उनको योगदानले हाम्रो उद्देश्य पूरा हुनुका साथै कोकाकोलाको विश्वासलाई अझै उचाइमा पुर्‍याउने छ,’ संकेतले भनेका छन्।

देवयानी बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सकी पूर्व विद्यार्थी हुन्। राणाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने युनिभर्सिटी अफ दिल्लीअन्तर्गत लेडी श्रीराम कलेजबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छन्।

पछिल्लो समय देवयानी नेपालको राजनीतिमा पनि देखिएकी थिइन्। उनी दोलखाबाट राप्रपाको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि थिइन्।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाकी छोरी देवयानी पूर्वप्रधानमन्त्री मोहन शमशेरका पनातिनी तथा विजय शमशेरका नातिनी हुन्। 

देवयानीको जन्म सन् १९७३ मा राणा परिवारमा भएको थियो। उनले २०६३ फागुनमा भारतको मध्यप्रदेशका (पूर्व)राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी छन्। 

२०५८ सालमा नेपालमा दरबार हत्याकाण्ड भएपछि नेपालमा देवयानी राणाको नाम चर्चामा आएको थियो। देवयानीको तात्कालीन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको बताइँदै आएको छ। देवयानीसँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उनीसँग विवाह गर्न चाहेको भएपनि दरबारले अस्वीकार गरेका कारण दीपेन्द्रले नै दरवार हत्याकाण्ड घटाएको चर्चा अद्यपर्यन्त हुने गरेको छ।

आफ्नो प्रेम सम्बन्ध अस्वीकार भएपछि आमाबुवा (राजा वीरेन्द्र र रानी ऐश्वर्य) सँग मनमुटाव भएको र त्यही झोँकमा दरबार हत्याकाण्ड गरेको दरबार हत्याकाण्ड छानबिन  समितिको प्रतिवेदनमा उल्लेख छ। दरबार हत्याकाण्ड भएको ५ वर्षपछि राणाको विवाह भएको थियो। 

प्रकाशित: Jul 05, 2021| 14:18 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।